झापा , साउन ९ । सुनसरीको बराहक्षेत्र नगरपालिका -९ कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उप-महानगरपालिका-११ का २८ बर्षीय धिरज तामाङ रहेका छन् । हिजो दिनको साढे ३ बजे कोशी टप्पु बन्य जन्तु आरक्षणमा घुम्ने क्रममा प्र. १. ०२- ०४४ प ६६८१ न. को स्कुटी चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढलि किचेर घटनास्थालमानै मृत्यु भएको थियो भने पछाडी सवार धरानकै २८ बर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए । घाईतेको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्