झापा , साउन ९ । गैँडे सामुदायिक बनबाट तस्करी हुँदै गरेको ४० क्यु.फिट सखुवा काठसहित मारुती भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान ५.५० बजे शिवसताक्षी १० स्थित गैँडे सामुदायिक बनमा काठ तस्करी हुँदै गरेको सूचना अनुसार अस्थायी प्रहरी चौकी माईधार र गैँडे सामुदायिक बनको कर्मचारीको संयुक्त टोलीले उक्त बनबाट मे १ च ११६४ नं.को मारुती भेनमा सखुवा जातको ४० क्यु.फिट.काठ लोड गरी लाँदै गर्दा नियन्त्रणमा लिएको हो ।

कन्काई ४ मा टोली पुग्दा तस्कर भागेको र गाडी र काठ दुवैलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि गैँडे सामुदायिक बनलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्