कुमरखोद ,साउन ९ । झापा गाउँपालिका वडा नं. १ लसुनामा आफ्नै भाउजु र छिमेकी बालकलाई धारिलो हतियारले घाईते बनाई फरार रहेका व्यक्तिले १३ दिनपछि प्रहरीकहाँ आत्मसमर्पण गरेका छन् ।

घाइते बनाएर फरार भएका झापा गाउँपालिका वडा नं १ का अन्दाजी ३५ वर्षिय दुखिया राजवंशीले जिल्ला प्रहरी कार्यालय झापामा पुगेर आत्मसमर्पण गरेका हुन् ।

राजवंशीले गत असार २८ गते मंगलबारका दिन बिहानै घरमा कोही नभएको मौका छोपी आफ्नै भाउजु सिमासरी राजवंशी र छिमेकी मोहन राजवंशीका ९ वर्षिय छोरा धनञ्जय राजवंशीलाई घाईते बनाएका थिए । घटनापछि फरार भएका राजवंशीले आफन्तको दवावमा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको बताइएको छ ।

घाइते दुवै परिवारको आर्थिक अवस्था कमजोर छ । सिमासरीका श्रीमान्ले ४ लाख रुपैयाँ ऋण काढेर श्रीमतीको उपचार गराई घर ल्याएका छन् भने घाईते बालकका पिता मोहन राजवंशीले रकम अभावका कारण छोरालाई डिस्चार्ज दिएता पनि विएण्डसी अस्पतालबाट ल्याउन नसकिएको बताएका छन् । छोराको उपचारको लागि विभिन्न संघसंस्था र व्यक्तिलाई आर्थिक सहयोग गरिदिन उनले अपिल गरेका छन् ।

आत्मसमर्पण गर्ने राजवंशीलाई ज्यान मार्ने उद्योगमा जाहेरी परकाले त्यसै अनुसार मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्