झापा , साउन १० ।पूर्वकै प्रसिद्ध धार्मिकस्थल कोटीहोमको मुल मन्दिरबाट ४ वटा दान पेटिका फोरेर नगद चोरी भएको छ ।

बोलबमको सिजन भएकोले भक्तजनले धेरै पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागूऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको आशंका छ ।

रातिको समयमा दान पेटिकाको चाबी तोडेर सबै नगद लगेको पाइएकोले मन्दिरमा भएको सिसि टिभी फुटेज समेतलाई आधार मानेर थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बाले बताए ।

पुजारी पुुष्प खतिवडाले आफूहरु राति साढे ११ बजेसम्म मन्दिरमा बसेको र सुतिसकेपछि चोरी भएको हुनसक्ने बताए । कोटीहोम धार्मिक विकास संस्थाका सदस्य यामप्रसाद खतिवडाले पटक पटक मन्दिरमा चोरी हुन थालेपछि मन्दिर सुरक्षाका लागि चौकीदार राख्ने कुरा उठेपनि हाललाई सिसि टिभीसम्म राखिएको बताए । यसअघि पनि एउटा दान पेटिका चोरी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्