काँकरभिट्टा ,साउन १० । भारतको विभिन्न आश्रमबाट पाँच बालबालिकालाई उद्धार गरिएको छ ।

सोमबार भारत कलकताको महावाणिज्य दूत इश्वरराज पौडेलको अगुवाईमा ५ बालबालिकाको उद्धार गरी उनीहरूको परिवारलाई जिम्मा लगाइएको हो । उनीहरुलाई दार्जिलिङ आश्रम ,सिलगुडी आश्रमबाट ल्याइएको थियो ।
उद्धार गरिएका बालबालिकाहरु चितवन घर भएका किरण तामाङ, मिलन तामाङ , जनकपुर घर भएका रोशन पञ्जियार भद्रपुर घर भएकी प्रियंका राजवंशी र मेचीनगर घर भएका सन्तोष रोक्का रहेका छन् । उनीहरुलाई प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले कागज गरेर परिवारलाई जिम्मा लगाएका थिए।प्रहरी कार्यालय काँकरभिट्टा र विश्व सेवा विस्तार संस्थाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।