झापा , साउन १० । उदयपुरको बेल्टारमा गुडिरहेको म्याजिक भ्यानमा आगलागी हुँदा १३ लाख भन्दा बढीको क्षति भएको छ ।

आगलागीबाट १३ लाख ५० हजारको क्षति भएको छ । सदरमुकाम गाईघाटबाट मदन भण्डारी लोकमार्ग हुँदै सुनसरीको इटहरीतर्फ जाँदै गरेको प्र.०२-००२ च. ५०२१ नम्बरको म्याजिक भ्यानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए। जिल्लाको चौदण्डिगढी नगरपालिका-६ बेल्टारमा अचानक आगलागी हुँदा गाडीसहित गाडीभित्र रहेको ५० काटुन थुप्पा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सवारी धनी मोतिराम थापाले म्याजिक भ्यानबाट थुप्पाको व्यापार गर्दै आएको बताए । उनले गुडिरहेको गाडीमा कसरी आगलागी भयो भन्नेबारे जानकारी नभएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्