झापा , साउन १० । भोजपुरमा लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

लुकाई छिपाई ल्याएको तीन सय मिलिग्राम ब्राउनसुगरसहित हतुवागढी गाउँपालिका ८ का ४३ वर्षीय भक्तबहादुर थापा र २५ वर्षीय सुमित राईलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई धरानबाट भोजपुर घर फर्कने क्रममा हतुवागढी ९ हसनपुर गैरी गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरी चौकी हसनपुरबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुको साथमा लागूऔषध फेला परेको हो। उनिहरुविरुद्ध लागूऔषध ओसारपसार कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अर्जुनकुमार अधिकारीले बताए। पछिल्लो समय यहाँ लागूऔषध ओसारपसार घटना बढ्दै गएको प्रहरीको भनाइ छ । गत माघ महिनामा पनि करिब दुई ग्राम एक मिलिग्राम ब्राउनसुगरसहित दुईजना ट्रक चालक पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्