झापा, साउन १० । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ ।

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडयिममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० को फराकिलो गोल अन्तरले हराउँदै नेपालले उत्कृष्ट शुरुवात गरेको हो। खेलको ४२ औँ मिनेटमा कप्तान आयुष घलानले हानेको डाइरेक्ट फ्रि किकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरेर बचाए। रिबाउन्डमा आएको बललाई दीपेश गुरुङले डि-बक्स बाहिरबाट हानेको सशक्त प्रहार गोलमा परिणत भएको थियो। दोस्रो हाफमा माल्दिभ्सविरुद्ध नेपालले थप ३ गोल गर्‍यो। खेलको ५७ औँ मिनेटमा सुगम सुवालले नेपालका लागि दोस्रो गोल गरे। खेलको ६१ औँ मिनेटमा नेपालका कृतिसरत्न छुन्चुले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए। थपिएको अतिरिक्त ४ मिनेटको समयमा मनज्ञ नकर्मीले अर्को गोल थपेसँगै नेपालले माल्दिभ्समाथि ४-० को जित दर्ता गरेको हो। जितसँगै नेपालले ३ अंक जोडेको छ। नेपालले अब बुधबार श्रीलंकासँग खेल्नेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्