झापा , साउन १० । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को बैठकले केसीलाई दुई वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । कलाकार केसी चलचित्र निर्माण , निर्देशन र अभिनयमा सक्रिय छन् । केसीले सय भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । केसीसँगै दीपक श्रेष्ठ , सुचित्रा श्रेष्ठ , सुष्मा कार्की , सम्झना उप्रेती रौनियार , नरेश पौडेल चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्