झापा , साउन ११ । झापाको चारआली जंगलमा झुण्डिएको अवस्थामा एकजना युवकको शव फेला परेको छ ।

ताप्लेजुङको पाथीभरा याङवरक–३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

बर्नेबाट सामान ल्याउन बिर्तामोड आएका पौडेल हिजो दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका थिए । साँझ ६ बजेसम्म घर नपुगेपछि उनको खोजी सुरु गरिएको थियो । राति ९ बजे चारआली जंगलमा उनी मृत भेटिएका हुन् । उनको साथमा रहेको पैसा, पर्स, सुनको सिक्री गायव छ । परिवारजनले पौडेलको हत्या भएको आंशका गर्दै छानविनको माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्