झापा , साउन ११ । मंगलबार मुम्बईको चेम्बुर पुलिस स्टेशनमा अभिनेता रणवीर सिंहविरुद्ध एफआईआर दर्ता गरिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सामाजिक सञ्जालमा नग्न तस्बिरहरू पोस्ट गरेकोमा मुद्दा दर्ता गरिएको अधिकारीहरूले बताएका छन् । पुलिसले आईपीसीको धारा २९२, २९३ (अश्लील सामग्रीसँग सम्बन्धित धाराहरू) र धारा ५०९ (महिलाको मर्यादालाई अपमान गर्न प्रयोग गरिने शब्द वा इशाराहरू) अन्तर्गत मुद्दा दर्ता गरेको छ । एक एनजीओले सोमबार चेम्बुर प्रहरी चौकीमा उजुरी दिएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरले महिलाको भावनामा चोट पुर्‍याएको र इज्जतमा ठेस पुगेको उल्लेख छ । जुलाई २२ मा रणवीरका केही नग्न तस्बिरहरू सामाजिक सञ्जालमा आएका थिए । यी तस्बिरहरू द पेपर म्यागजिनको लागि गरिएको फोटोसुटको अंश हुन् । सामाजिक सञ्जालमा धेरैले यसको प्रशंसा गरिरहेका छन् भने धेरैले यसलाई अश्लील पनि भनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्