बिर्तामोड , साउन १२ । सिंहकाली टोल विकास संस्था बिर्तामोड ३ झापाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै दोस्रो साधारणसभा सम्पन्न गरेको छ ।

बिहीबार बिर्तामोड ३ स्थित सिंहकाली टोलमा आयोजित साधारणसभामा डिल्लीप्रसाद चिमरीयाको अध्यक्षतामा टोल विकास संस्थाको नयाँ नेतृत्व चयन भएको हो । कार्यक्रम प्रथम सत्र र बन्द सत्र गरी २ सत्रमा विभाजन गरिएको थियो । पहिलो सत्रअन्तरगत सिंहकाली टोल विकास संस्थाका अध्यक्ष अर्जुनकुमार पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै वडा सदस्य हरि प्रसाद बाँस्कोटा र वडा सचिव भीम अधिकारीको विशेष आतिथ्यता, दरबारचोक टोल विकास संस्थाका अध्यक्ष छविराम आचार्य, ग्रामकाली अखण्डदीप टोल विकास संस्थाका अध्यक्ष इन्द्रनारायण प्रसाई, करेलाबारी टोल विकास संस्थाका अध्यक्ष हेमकुमार कन्दङ्बा, संस्थाका प्रमुख सल्लाहकार भीष्म उप्रेती, सल्लाहकार तारा खरेललगायतको आतिथ्यता रहेको थियो । प्रमुख अतिथि वडा अध्यक्ष बुढाथोकीले व्यानर बाचन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
संस्थाका कोषाध्यक्ष टिकादेवी खरेलले स्वागत गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुनकुमार पाठकले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष टिकादेवी खरेलले आयव्यय प्रस्तुत गरिन् । संस्थाका सल्लाहकार टिकाराम पाण्डेले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, दरबारचोक टोल विकास संस्थाका अध्यक्ष छविराम आचार्य, करेलावारी टोल विकास संस्थाका अध्यक्ष हेमकुमार कन्दङ्बा, ग्रामकाली अखण्डदीप टोल विकास संस्थाका अध्यक्ष इन्द्रनारायण प्रसाई, प्रमुख सल्लाहकार भीष्म उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको दोस्रो सत्रमा अध्यक्ष र कोषाध्यक्षद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र आयव्ययमाथि छलफल गरी पारित गरिएको थियो ।
बिर्तामोड नगरपालिकाका वडा सचिव भीम अधिकारीले सहजीकरण गरेको सो भेलाले डिल्ली चिमरीयाको अध्यक्षतामा उपाध्यक्ष चिरिञ्जीवीप्रसाद देव,सचिव तिवेन्द्र खरेल, कोषाध्यक्ष रविना चौधरी तथा सदस्यहरुमा मोहन राजवंशी , इश्वरमान राई , प्रदिप चौधरी , टिका खरेल , प्रवेश खतिवडालाई चयन गरेको निवर्तमान अध्यक्ष अर्जुनकुमार पाठकले जनाएका छन् ।