झापा , साउन १२ । झापाको मेचीनगरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो ४.३० बजे भद्रपुर ७ घर भई मेचीनगर नगरपालिकाको वडा नं.४ स्थित आमडाँगीमा रहेको ईलाम टि–प्रोड्युसर प्रा.लि.को भवन बनाउने कामदार अन्दाजी ४० वर्षिय भोटलाल गणेश राजवंशीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हो ।

निर्माणाधिन भवनको अन्दाजी ३०० मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भई उपचारको लागि मेची अस्पताल भद्रपुर लगेकोमा उनलाई डाक्टरले चेक गर्दा मृत घोषणा गरेका थिए । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्