झापा , साउन १३ । विषालु सर्पको डसाईबाट झापामा एक जना स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ ।

धाइजन स्वास्थ्य चौकीअन्तर्गत मेचीनगर ११ मा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत रुपा मैनाली (उप्रेती)को गएराति मृत्यु भएको हो ।मेचीनगर ११ बनियागाँउ बस्ने ५१ वर्षिया रुपा आफ्नै घरमा बिषालु सर्पले बायाँ खुट्टामा डसी घाइते भएकोमा तत्काल उपचारको लागि सर्पदंश केन्द्र चारआली ल्याएकोमा थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा राति डेढ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



