झापा, साउन १३ । उदयपुरको बेलका नगरपालिका-१ आम्बासिबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका-७ मदन चौक बेल्टार बस्ने ३४ बर्षीय निर्मल घिसिङ रहेका छन् । हिजो पुर्वान्ह साढे ४ बजे अस्थाई प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले पैदल आउँदै गरेका घिसिङको साथबाट प्रतिबन्धित लागूऔषध फेनारगन २८ एम्पुल, डाईजोपाम २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल बरामद गरेको हो । पक्राउ परेका घिसिङको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट थप अनुसन्धान भईरहेको छ ।