झापा , साउन १३ । मोरङको बुढिगंगा गाँउपालिका-१ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेवलाई हरिणको सिङसहित पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा हिजो राति १० बजे ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो । अबैध हरिणको सिंह बरामद भए पश्चात ऋषिदेवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भईरहेको छ ।