भद्रपुर, साउन १३ । झापाका सबै स्थानीय तहका वडा तथा टोल विकास संस्थाहरुमा समान न्यायको पहुँंच पुर्याउनु पर्ने झापाको चन्द्रगढीमा शुक्रवार आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

कानुनी परामर्श केन्द्र ल्याक झापाद्वारा आयोजित न्यायमा पहुंँच अभिबृद्धिका लागि सरोकारवालासंगको समन्वयात्मक बैठकका सहभागीहरुले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै भद्रपुर वडा नं ७ र १० का वडा अध्यक्षहरु टेकबहादुर खड्का काजी र अभिषेक ढुङ्गानाले वडामा शिक्षित र सम्पन्न परिवारभित्रबाट अंशबण्डा र सम्बन्ध बिच्छेद गरी पाऊँ. जस्ता निवेदनहरु लिएर महिला तथा पुरुष दुवै पक्ष आउने गरेको बताए ।

उनींहरुले अधिकांश शिक्षित र पहुंँचवाला महिलाहरु नै घरेलु हिंसामा परेको उजुरी लिएर वडा आउने गरेको बताउँदै अन्यायमा पर्ने वास्तविक गरिब र असक्तहरु न्यायालयसम्म आउन नसकेकाले न्यायालय आउने वातावरण बनाईनु पर्नेमा जोड दिए ।
अपाङ्ग संघ झापा अध्यक्ष ऋषि चापागाईले बेसहारालाई संघले उचित न्याय दिन समस्या भएको बताए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर उपप्रमुख राधा कार्की, , हल्दीवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनाली ,एकल महिला झापा अध्यक्ष रेखा अधिकारी , कानुन व्यवसायी यज्ञलक्ष्मी चम्लागाई , झापा बारका अध्यक्ष हरि अधिकारी , साना हातहरु नेपाल भद्रपुर शाखा इन्चार्ज बिक्रम वाग्ले ,भद्रपुर नगरपालिका न्यायिक शाखाका कर्मचारी राजेन्द्र ढकाललगायतले जिज्ञासा राखेका थिए ।

अन्जना खनालले उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता रक्षा रिसाल र संचालन परामर्श केन्द्र झापा संयोजक उमा कार्कीले गरेका थिए ।
कार्यक्रममा ल्याकका कानुन अधिकृत दिपेन्द्र भट्टराई ,प्रहरी सहायक निरीक्षक साजन प्रसाई , सरकारी वकिल कार्यालयकी सहायक न्यायधिवक्ता सरिता कट्टेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्