दमक, साउन १३ । नेकपा माओवादी केन्द्रको जातीय संगठन कोचिला राष्ट्रिय मुक्ति मोर्चाको नयाँ नेतृत्व चयन भएको छ ।

झापाको दमकमा माओवादी केन्द्रको पार्टी कार्यालयमा सम्पन्न भेलाले ममता ताजपुरिया राजवंशीको नेतृत्वमा केन्द्रीय समिति चयन गरेको हो ।

त्यस्तै समितिको सचिव
किर्तिकुमार राजवंशी तथा सदस्यमा दिनेश राजवंशी,कचाली ताजपुरिया,भरत राजवंशी ,बद्री राजवंशी , प्रविन राजवंशी,श्रवण राजवंशी , खगेन राजवंशी ,ऐतुवारी राजवंशी,पुकार राजवंशी, खुलु राजवंशी र किनालाल राजवंशी रहेका छन् । माओवादी केन्द्रका पोलिटिब्युरो सदस्य तथा प्रदेश न १ का सहइन्चार्ज सावित्री काफ्लेको प्रमुख आतिथ्यमा भेला भएको थियो ।त्यस्तै
विशिष्ट अतिथि पोलिटब्युरो सदस्य धर्मशिला चापागाईं, जनवर्गीय संगठनका फ्याक्सन इन्चार्ज मुक्साम मेन्याङ्बोलगायत सहभागी थिए ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि काफ्लेले भने बहुपहिचानको आधारमा प्रदेश नं. १ को नामकरण ‘किरात लिम्बुवान कोच’ रहने पार्टीको आधिकारिक धारणा रहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्