झापा , साउन १४ । झापामा फेरि प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका- ६ बिहीबारे निवासी ३० वर्षीय पूरण राई र सप्तरी बोदे बर्साइन घर भई हाल बिर्तामोड नगरपालिका-१ स्थित भगवान् चौकमा डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्रकुमार यादव रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरूलाई मेचीनगर नगरपालिका-६ काँकडभिट्टाको पुरानो मेची पुलबाट पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र-३-०१-०२४ च ८००० नम्बरको गाडीलाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थपप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।