बिर्तामोड , साउन १४ । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बिर्तामोड नगर कमिटी गठन भएको छ ।

पार्टी कार्यालय बिर्तामोडमा शनिबार भएको नगर अधिवेशनले राजेन्द्र पन्धाकको अध्यक्षतामा महासंघको ३१ सदस्यीय नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा गौरीमाया गुरुङ र सुशन मुर्मू , सचिव गणेशबहादुर तामाङ , उपसचिवमा पोषण लिम्बू र निमू शेर्पा तथा कोषाध्यक्षमा विष्णु राजवंशी रहेका छन् ।

नयाँ कमिटी चयन गर्न चन्द्र सुब्बाको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति निर्माण गरिएको थियो । सर्वसम्मत रुपमा कमिटी गठन गरिएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघकी केन्द्रीय सदस्य द्रौपती गणेशले बताईन् । अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य हरिबहादुर राजवंशीले उद्घाटन गरेका थिए ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष विरेन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसचिव असारु राजवंशी , क्युपेक नेपालका केन्द्रीय उपाध्यक्ष अम्बिर लिङ्देन , जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला सदस्यहरु सुरेन राजवंशी , द्रौपती गणेश , क्षेत्रीय कमिटी सचिव राजेन्द्रप्रसाद लिङ्देन , नगर इन्चार्ज देवराज कार्कीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन दशरथ खडियाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्