झापा, साउन १५ । मोरङ रतुवामाई नगरपालिका-४ भद्रचोकबाट लागूऔषध र नियन्त्रित औषधीसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-७ का एकजना बालक र सोही स्थानका १९ बर्षीय अभिषेक ओली रहेका छन् । हिजो दिउँसो प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोभेट ज्ञण् लेखिएको ३० ट्याबलेट, कोरेक्स १ बोतल, ट्रमाडोल हाईड्रोक्लोराईड ६६० ट्याब्लेटसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजानलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।



