झापा , साउन १५ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा भएको भेटवार्तामा अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने सहमति भएको हो । जनार्दनको आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरू हेरफेर गराएको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । उनीमाथि छानविन गर्न बनेको संसदीय छानबिन समितिले नै सफाइ दिएपछि उनको पुनः नियुक्ति हुन लागेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्