एजेन्सी । भारतको दक्षिणी राज्य केरलामा मंकीपक्स भाइरसबाट एकजनाको ज्यान गएको छ ।

शनिवार ज्यान गुमाएका ती युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको हो ।
संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिवार ज्यान गएको र नमुना परीक्षणमा मंकीपक्स भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मंकीपक्स पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका २० जनालाई निगरानीमा राखिएको छ । विश्वका विभिन्न देशमा मंकीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यसअघि नै स्वास्थ्य संकटका रूपमा घोषणा गरिसकेको छ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमतिको संख्या १६ हजार ४ सय ६४ जनामा पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभर १ लाख ४३ हजार ६ सय ७६ सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट थप ३९ जनाको ज्यान गएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्