झापा , साउन १७ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना सङ्क्रमण भएको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्री राईलाई हिजो गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । राईसँगै उनकी पत्नी शोभा पाठक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण भएसँगै मुख्यमन्त्री राईले भेटघाट लगायतका सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिए । सङ्क्रमित सबैको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्