झापा , साउन १७ । भारतका चर्चित अभिनेता हर्षवर्धन राणे नेपाल आएका छन् ।

उनले अहिले आफु नेपाल रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको तस्बिर अनुसार उनी एक विवाहमा सहभागी हुन नेपाल आएको अनुमान लगाउन सकिन्छ । हर्षवर्धन तेलुगु र हिन्दी फिल्मका अभिनेता हुन् । तेलुगुमा उनलाई फिल्म ‘थकिता थकिता’, ‘प्रेमा इश्क काधल’, ‘अनामिकिका’ का कारणले चिन्ने गरिन्छ । उनले बलिउड डेब्यु भने २०१६ मा फिल्म ‘सनम तेरी कसम’ बाट गरेका थिए । यो फिल्म अभिनय दर्शकले रुचाएका थिए । उनको दोस्रो बलिउड फिल्म ‘तैश नजर आयेमा’ देखिएका थिए । उनी क्राइम थ्रिलर फिल्म ‘हसीना दिलरुब्बा’ मा पनि देखिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्