झापा , साउन १७ । उदयपुरमा खोलाले बगाएर एकजनाको ज्यान गएको छ ।

सोमबार बेलुका रौतामाई गाउँपालिका-७ त्रियुगा खोलाले बगाउँदा ५० वर्षीय सिद्धिराज चापागाई खत्रीको ज्यान गएको हो । बेलुका सात बजे मुर्कुचीबजारबाट तिलबारी घरतर्फ जानेक्रममा खोलाले बगाउँदा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए । उनको शव दुई किलोमिटर तल त्रियुगा नगरपालिका-७ कौवाइमा फेला परेको उनले बताए । मृतकको शव मंगलबार पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्