झापा, साउन १७ । मंगलबार दिउँसो गौरादह ९ स्थित कमल खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।

दिउँसो २ बजे कमल खोलामा जमेको पानीमा कमल १ बस्ने. १८ वर्षिय उज्वल खरेल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । घटनाका बारेमा उनका साथीहरुले आफन्तलाई खबर गरेपछि आफन्तले अस्थायी प्रहरी चौकी बैगुनधुरामा जानकारी गराउनासाथ प्रहरी टोली खटीगई खोजतलास शुरु गरेको थियो ।

त्यस्तै १ नं. प्रदेश विपद ब्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेशक्याम्प बैगुनधुराबाट समेत. थप टोली खटिएको र खोजतलास जारी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्