झापा , साउन १८ । कमल खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

हिजो दिउँसो २ बजे गौरादह –९ स्थित कमल खोलामा जमेको पानीमा कमल १ बस्ने १८ वर्षिय उज्वल खरेल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

खोजतलासका क्रममा आज बिहान उनको शव फेला परेको हो । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा १० जनाको गोताखोर टोली घटनास्थलमा आई खोजतलास सुरु गरेको थियो ।त्यसक्रममा बिहान ८.३५ बजे ती युवक हराएको स्थानको पानीमुनि डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् । शव पानीबाट बाहिर निकाली कानुनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्