झापा , साउन १८ । लागूऔषध ब्राउनसगुरसहित एकजनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ बर्षीया आइसा गिरी रहेकी छन् । हिजो बेलुका अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई लागूऔषध ब्राउनसुगर १ ग्रामसहित कोठैबाट पक्राउ गरेको हो । ब्राउनसुगरसहित पक्राउ परेकी गिरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्