झापा, साउन १८ । धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं-६ फेदीबाट लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा शहिदभुमि गाँउपालिका-७ बस्ने २६ वर्षीय प्रदिप राई र सोही स्थानका अर्का एकजना बालक रहेका छन् । हिजो दिउँसो १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुठ्ठीटारबाट भेडेटारतर्फ जादै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुको साथबाट लागूऔषध गाँजा ५ किलोग्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्