झापा, साउन १८ । मोरङ बिराटनगर महानगरपालिका-१४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरि लैजादै गरेको अवस्थामा लागूऔषध गाँजा ६१ किलोग्राम फेला परेको छ ।
आज दिउँसो ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को २ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सिटी चालक फरार भएका छन् । फरार रहेका सिटी चालकको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।




