बिर्तामोड , साउन १८ । हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेड बिर्तामोड शाखाले दुर्घटना वीमावापत विमितलाई २० लाखभन्दा बढी रकम उपलब्ध गराएको छ ।

सो कम्पनीले मातृभाग्यरेखा यातायात एण्ड अटोमोबाइल्सलाई दुर्घटना वीमावापत २० लाख ६९ हजार २२५ रुपैयाँ उपलब्ध गराएको हो ।

शाखा प्रवन्धक लेखनाथ पोखरेलले विमित मातृभाग्यरेखा यातायात एण्ड अटोमोबाइल्सका अध्यक्ष खड्गप्रसाद दाहाललाई वीमावापतको चेक हस्तान्तरण गरे । कार्यक्रममा कम्पनीका मार्केटिङ सहायक दुरेन्द्र गौतम र अन्डरराइटिङ दुर्गा दाहालको उपस्थिति रहेको थियो । पाँच वर्षअघि बिर्तामोडमा हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडको शाखा स्थापना भएको हो ।

नन–लाइफ इन्सुरेन्स गर्दै आएको कम्पनीको बिर्तामोड शाखाले हालसम्म १० हजार ३३७ जनाको वीमा गराइसकेको शाखा प्रबन्धक पोखरेलले जानकारी दिए । यसअघि सो कम्पनीले दुर्घटना वीमावापत विमितलाई ३५ लाख रुपैयाँ उपलव्ध गराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्