झापा , साउन १८ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न सहमत भएका छन् ।

भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्नेबारे नेताहरू सहमत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसदको कार्यकालबारे पनि सामान्य छलफल गरेको ती नेताले जानकारी दिए ।
‘संसदको कार्यकालको बारेमा सामान्य छलफल भयो तर अझै निष्कर्षमा पुगिसकिएको छैन । चुनावको मितिबारे सबैको एकमत छ,’ ती नेताले भने । संसदबाट कुनै पनि अवस्थामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्नुपर्नेबारे छलफल भएको ती नेताले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्