झापा , साउन १८ । लागूऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा दमक वडा नं.७ बस्ने २७ वर्षिया मनजिता सहनी रहेकी छन् ।
उनलाई झापा जिल्ला अदालतको मिति २०७५ माघ १६ गतेको फैसला बमोजिम लागूऔषध मुद्धामा २ बर्ष कैद र .१ लाख रुपैयाँ जरिवाना सुनाइएको थियो । फरार रहेकी सहनीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबाार पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।