झापा , साउन १९ । उदयपुरको कटारी नगरपालिका-४ तित्रीबोटमा एकजना जेष्ठ नागरिकको शव इनारभित्र फेला परेको छ ।

कटारी नगरपालिका-४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले इनारमा शव देखेपछि प्रहरीलाई खवर गरेका थियो । घटनास्थल पुगेर शव निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले बताए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए । घटना लगत्तै सशस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका प्रहरीको टोलीले शव इनारबाट निकालेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्