भद्रपुर, साउन १९ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक बर्ष २०७८–७९ को एक आर्थिक बर्षमा ५१ करोड ४२ लाख १ हजार ५ सय १३ रुपैयाँ लिखद दर्ता गराउने महिलाहरुलाई राजश्व छुट दिएको छ ।

अघिल्लो आर्थिक बर्षको भन्दा २०७८–७९ मा लिखद पास गर्ने महिलाहरुको संख्यामा बृद्धि भएको हो । राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशतसम्म महिलाहरुलाई जग्गा खरिद बिक्रीमा छुट दिएका कारण ग्रामीण क्षेत्रका २ हजार ५४ र नगर क्षेत्रबाट ९ हजार १५ सहित जम्मा ११ हजार ६ सय ७९ वटा लिखद दर्तासंगै सो संख्या बराबरको राजश्वमा छुट दिइएको हो ।

अघिल्लो आवमा भने ७ हजार ६१ वटा लिखद पास गर्ने महिलाहरुलाई ३९ करोड २१ लाख ८ हजार ४ सय २६ रुपैयाँ मात्र राजश्व छुट दिइएको थियो ।
आर्थिक बर्ष २०७८–७९ को असार मसान्तसम्ममा विभिन्न विवरणअन्र्तगत जम्मा ५२ करोड ४७ लाख ८ हजार ७ सय ८२ रुपैयाँ राजश्वमा छुट गरेको कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीले बताए । उनका अनुसार नगर तथा ग्रामीण क्षेत्रका दलितहरुलाई १० लाख २२ हजार १ सय ७७ , शहीद परिवारलाई ११ हजार ६ सय ५० र पतीपत्नीको संयुक्त नाममा लिखद पास गर्ने ५ जनालाई २३ हजार ४ सय ४२ रुपैयाँ कार्यालयले छुट दिएको छ ।

परिचयपत्रको आधारमा अपाङ्ग , महिला र दलितलाई २५ प्रतिशत र एकल महिलालाई ३५ प्रतिशतसम्म राजश्वमा छुट दिने गरेको कार्यालयले जनाएको छ ।
यस कार्यालयबाट झापाको माईपूर्वका ११ वटा स्थानीय तहको जग्गा किनबेचलगायतका कारोवार हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्