झापा , साउन १९ । प्रहरीले नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छलि लाँदै गरेको सुपारी फेरि बरामद गरेको छ ।

बिहीबार दिउँसो ४.१० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मेचीडाँडा छेउमा नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छलि लाँदै गरेको ९० हजार मूल्य बराबरको अन्दाजी १५० के.जि सुपारी बरामद गरेको हो ।
ती सुपारी आवश्यक कार्वाहीको लागि मेची भन्सार भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।