झापा , साउन १९ । ९ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्धाका एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक वडा नं.५ का ४९ वर्षिय रोशन सुन्दास रहेका छन् ।
उनलाई तत्कालीन पुनरावेदन अदालत इलामको मिति २०७०असार ३ गतेको फैसला बमोजिम कर्तब्य ज्यान मुद्धामा १ बर्ष ६ महिना कैद सजाय तोकिएको थियो । फरार रहेका सुन्दासलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनको निमित्त झापा जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।