झापा, साउन २० । अविरल वर्षाका कारण सप्तकोसीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले थप राहत सामग्री पठाएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सप्तकोशी पीडितलाई राहत सामग्री पठाएको हो । सप्तकोसी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका-५ वटा वडाको बस्तीमा पस्दा २५ सय घरपरिवार विस्थापित भएका थिए । मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइएको मन्त्री केदार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्