झापा , साउन २० । जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई पक्राउ गरेको छ ।

उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेको हो । फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए । उनलाई उदयपुर जिल्ला अदालतले ०७४ साल फागुन २७ गते फैसला गरि ६ वर्ष कैद सजाय सुनाएका थिए । प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरि अदालत बुझाएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्