झापा, साउन २० । राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेद्वार उठाउने भएको छ ।

पार्टीको जिल्ला कार्यसमिति बैठकले जिल्लाका ५ वटै निर्वाचन क्षेत्र र १० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने निर्णय गरेको हो । यद्यपि उम्मेद्वारको तय भने सम्बन्धित पालिकाको सिफारिसका आधारमा पछि गरिने सो पार्टीका जिल्ला सचिव प्रकाश पाठकले जानकारी दिए ।

ईटहरीमा साउन ३० गते हुने प्रदेश भेलापछि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्वारका बिषयमा निर्णय गर्ने तयारी गरेको छ । स्वतन्त्र रुपमा अभियान चलाएका र क्षमता भएका योग्य व्यक्तिलाई समेत पार्टीमा स्थान दिने पार्टीका जिल्ला सभापति उमेश खरेलले बताए । संबैधानिक समाजवादलाई आफ्नो मुख्य एजेण्डा बनाएको पार्टीले भदौको पहिलो साताबाट चुनावी अभियान समेत सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्