भद्रपुर, साउन २० । झापा क्षेत्र नं ३ मा फेरि उम्मेदवारी दिने तयारी गरेका प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन् ।

उनले कार्यकर्ता भेटघाट र पार्टी प्रवेश कार्यक्रमलाई तीब्र पारेका हुन् । यसैक्रममा उनले भद्रपुरमा बालबालिकासंग संवाद गरेका छन् । सिन्योन नेपाल भद्रपुरको आयोजनामा भएको ‘बालबालिकासंग सांसद’कार्यक्रमका सहभागी विद्यार्थीहरूले लिङ्देनसंग देशको आर्थिक, सामाजिक र राजनीतिक प्रश्न सोधेका थिए ।संवादका क्रममा बालबालिकामा देशप्रतिको चिन्ता र मोह झल्किन्थ्यो ।

बालमैत्री नगरपालिका घोषणा भएको भद्रपुरमा पहिलोपटक सिन्योन नेपालआवद्ध बालबालिकाको आयोजनामा भएको अन्तरक्रियामा भद्रपुरका चारवटा विद्यालयका ११० जना छात्रछात्रा सहभागी थिए। वीरेन्द्र माध्यमिक विद्यालयकी छात्रा स्वीकृति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेलले शुभकामना मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन भिसर्जा खतिवडाले गरेकी थिइन्।

कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाका अध्यक्ष राजकुमार राई, पत्रकार गोपाल गिरीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्