झापा, साउन २१ ।नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ ।

बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए । यो परकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाण्डौ उपत्यकामा समेत महसुस गरिएको छ ।


२०७२ सालको भूकम्पपछि परकम्प आउने क्रम रोकिएको छैन । यसअघि गएको आइतवार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि खोटाङमा पनि पटक–पटक परकम्प गएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्