बिर्तामोड,साउन २१ । नेपाल डेन्टल एसोसिएसन(एनडीए) मेची शाखाको पाँचौं कार्यकारी समिति गठन भएको छ ।

हिजो साँझ बिर्तामोडमा भएको भेलाले डा. दीपक झाको अध्यक्षतामा नयाँ कार्यकारी समिति चयन गरेको हो । जसको उपाध्यक्षमा डा. स्नेहा खड़का,महासचिव डा. मुकेश शाह,सहसचिव डा. आशिष भण्डारी र कोषाध्यक्षमा डा. प्रज्वल पौडेल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा डा. अक्कल गुरुधामी,डा. अनिश कार्की,डा. शीला भण्डारी र डा. निरज झा चुनिएका छन् । निवर्तमान उपाध्यक्ष डा. राकेश रन्जन झाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निवर्तमान महासचिव डा. भुषण भट्टराईले गरेका थिए ।

डेन्टल सर्जनहरुको पेशागत हकहितका लागि काम गर्ने , जनमानसमा चेतनामूलक कार्यक्रम गर्ने ,दन्त शिविर संचालन गर्ने , प्रत्येक पालिकामा १५ बेडको दन्त अस्पताल स्थापना गरिनु पर्छ भनेर सरकारलाई दवाव दिनेलगायतका गतिविधि संचालन गर्ने योजना रहेको नवनिर्वाचित महासचिव डा. मुकेश शाहले बताए । साविक मेची अंचलमा ८० भन्दा बढी डेन्टल सर्जन रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्