झापा , साउन २२ । मोरङको बिराटनगर महानगरपालिका-८ बालगोपाल टोलमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

शनिवार राति ९ बजे स्थानीय ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट लागि गम्भिर घाईते भएका मुखियालाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्