झापा, साउन २२ । भन्सार छली अबैध रुपमा नेपालबाट भारततर्फ लाँदै गर्दा पिकअपसहित पेय पदार्थ प्रहरीले बरामद गरेको छ ।

शनिबार साँझ ६ बजे कचनकवल गाउँपालिका ४ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा भारततर्फ अबैध रुपमा भन्सार छली को १ च ६२३४ नं. को पिकअपबाट लाँदै गरेको ९ कार्टुन गोर्खा बियर र १७ कार्टुन अर्ना बियर , साईन फिटो कोक १ कार्टुन, स्प्राईट ३ बण्डल (१.५ लि.) कोकाकोला २ बण्डल (१.५ लि.) बरामद गरेको हो ।

पिकअपसहित अन्दाजी ७ लाख ७८ हजार ६०० मूल्यबराबरको सामान र पिकअप चालक ईलाम देउमाई २ बस्ने २३ वर्षिय कपिल मगरलाई ईलाका प्रहरी कार्यालय केचनाबाट खटिएको टोली र सशस्त्र प्रहरी बल बिओपि केचनाको टोलीले पक्राउ गरी आवश्यक कारबाहीको भन्सार कार्यालय भद्रपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्