झापा , साउन २३ । सुनसरीमा लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा सहिद भूमि गाउँपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने ३४ वर्षीय विर्तसिंह राई र उनकी श्रीमती ३५ वर्षीया पवित्रा राई रहेका छन् । गत साउन २० गते बेलुका ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इटहरी उपमहानगरपालिका ६ स्थित भाटे एन्ड खाजा घरबाट १ ग्राम १५० मिली ग्राम ब्राउनसुगर र ७ हजार नगदसहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरूबाट ब्राउनसुगर विर्तसिंह राई र उनकी श्रीमती पवित्रा राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुलेसँगै प्रहरी टोलीले विर्तसिंहलाई इटहरी उपमहानगरपालिका ५ बाट फेला पारी शरीर तलासी लिँदा ब्राउनसुगर ६ ग्राम ७६० मिलिग्राम फेला परिएको हो । थप ब्राउनसुगर ३३ ग्राम ९० मिलिग्राम राई दम्पतीको डेरामा खानतलासी लिँदा करुवा भित्र लुकाई राखेको अवस्थामा फेला परेको हो । उनीहरूको डेराबाट डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ । लागूऔषध कारोबारमा संलग्न रहेका चारै जनालाई ईलाका प्रहरी कार्यालय इटहरीले सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्