झापा, साउन २४ । २८ औं विश्व आदिवासी दिवस आज आदिवासी जनजाति संघसंस्थाहरुले विशेष कार्यक्रमको आयोजना गरेर मनाउँदैछन्।

‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेका छन्।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १ बजे प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्। त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपमा आफ्ना भेषभुषासहित संघसंस्थाहरुले झाँकी र्याली निकाल्ने कार्यक्रम रहेको छ।

विश्वका आदिवासीहरुले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएका छन्।यस अवसरमा हिजो साँझ बिर्तामोडमा दीप प्रज्वलन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्