झापा , साउन २५ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ११ बस्ने अन्दाजी ३५ वर्षिय लालबहादुर दर्जी रहेका छन् ।
हिजो साँझ ७.३० बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा ११ स्थित चिया बगानमा शंकास्पद अवस्थामा हिडिरहेका दर्जीलाई चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउनसुगर र २ ग्राम १३ मिलिग्राम गाँजा फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।