बिर्तामोड,साउन २५ । बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गतको धौला पुलबाट झरेर एक मोटरसाइकल चालक गंभीर घाइते भएका छन् ।

हिजो साँझ ७.५० बजे बिर्तामोड ३ स्थित धौला पुलमा भद्रपुरबाट बिर्तामोडतर्फ आइरहेको मे १० प ९२९९ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई खोलामा झरी दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक इलाम रोङ गाउँपालिका २ इरौंटार बस्ने अन्दाजी बर्ष २२ का विकास लिम्बू घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाईएको र अवस्था तत्काल बोल्न नसक्ने रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी बिर्ताबजारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्